नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।
बिज्ञापन
मंगलबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला पाँच हजार रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिज्ञापन
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ८४ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार नौ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ०२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








