होमपेज > महालक्ष्मी विकास बैंक ३१औं वर्षमा प्रवेश

महालक्ष्मी विकास बैंक ३१औं वर्षमा प्रवेश

बिज्ञापन
बिज्ञापन

देशका शहरदेखि ग्रामिण क्षेत्रसम्म बैंकिङ्ग सेवा सञ्चालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आजबाट ३०औं वर्ष पार गरेर ३१ औं वर्षमा प्रवेश गरेको छ।

बिज्ञापन

वार्षिकोत्सवको अवसर यस वर्ष पनि बैंकले विभिन्न सेवामूलक कार्यक्रमको आयोजना गरेको छ। बैंकले हिजो जेठ ६ गते बाग्मती प्रदेशको दरबारमार्ग र हेटौंडामा, सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर, टिकापुरमा रक्तदान शिविर सञ्चालन गरेको छ। त्यसैगरी लुम्बिनी प्रदेशको भैरहवा, नेपालगञ्ज, लमहीमा, कोशी प्रदेशको दमक, विराटनगरमा, गण्डकी प्रदेशको नयाँबजार (पोखरा) र मधेश प्रदेशको श्रीपुर (वीरगञ्ज) गरी ६ वटा प्रदेशको विभिन्न स्थानहरूमा रक्तदान शिविर चलाएको छ।

बिज्ञापन

त्यस्तै बैंकले जेठ ८ गते दरबारमार्गस्थित मुख्य कार्यालयमा बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म निःशुल्क स्वास्थ्य जाँच शिविर र जेठ ९ गते सोही स्थान र समयमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने भएको छ। ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै विगत ३१ वर्षदेखि अनवरत रूपले सञ्चालित यस बैंकले देशभरका दूरदराजका स्थानहरूमा समेत आफ्नो कार्यालय स्थापना गरेर आम नागरिकलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

वार्षिकोत्सवको अवसरमा बैंकले ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय लगायतलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट, आधुनिक र सरल बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते