होमपेज > एनआईसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता एवं तालिम सम्पन्न

एनआईसी एसिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता एवं तालिम सम्पन्न

बिज्ञापन
बिज्ञापन

एनआईसी एसिया लघुबित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वैशाख २९ गते बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिज्ञापन

स्थानिय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिमा संचालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरुको पनि उपस्थिति थियो । उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरुको सहभागीता रहेको थियो ।

बिज्ञापन

यसै गरि लघुवित्तको बाङ्गेसिमल शाखा द्वारा पनि ‘वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखा मा कार्यरत कर्मचारी सहित ५५ जना सदस्यको उपस्थिति थियो ।

लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रापालन तालिम कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पुर्ण सदस्यहरुले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरे ।

बिज्ञापन

कार्यक्रममा भगवतीमाइ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राबिधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियार लगायतको उपस्थिति थियो ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते