होमपेज > नागरिक लगानी कोषको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक

नागरिक लगानी कोषको तेस्रो त्रैमास सम्मको वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

बिज्ञापन

समीक्षा अवधिसम्म कोषले ८९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले ८८ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कोषको नाफा १.८८ प्रतिशतले बढेको छ।

बिज्ञापन

समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी ३२.०३ प्रतिशतले घटेर २४ करोड १ लाख रुपैयाँमा खम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको ब्याज आम्दानी ३५ करोड ३२ लाख रुपैयाँ थियो। यो ९ महिनामा कोषले सेवा शुल्क तथा कमिसनबापत १ अर्ब १९ करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ४ करोड १७ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ६ अर्ब ४८ करोड १७ लाख रुपैयाँ रहेको कोषको जगेडा कोषको आकार १३.२१ प्रतिशतले बढेर ३ खर्ब ७२ करोड १४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको जगेडामा २ खर्ब ६५ अर्ब ६१ करोड ३४ लाख रुपैयाँ थियो। समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ७८ अर्ब ४३ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३६ अर्ब ८० करोड रुपैयाँ थियो।

बिज्ञापन

कोषको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर १८.४९ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २२.१४ रुपैयाँ थियो। लगानीमा प्रतिफल ५.६९ प्रतिशत रहेको कोषको प्रतिसेयर नेटवर्थ १४७.४५ रुपैयाँ रहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते