होमपेज > यामाहाद्धारा एरोक्स १५५ को २०२५ संस्करण लन्च, कतिपर्छ मूल्य?

यामाहाद्धारा एरोक्स १५५ को २०२५ संस्करण लन्च, कतिपर्छ मूल्य?

बिज्ञापन
बिज्ञापन

यामाहाले एरोक्स १५५ को २०२५ संस्करण लन्च गरेको छ । सामान्य अपडेट गरेर ल्याइएको सो म्याक्सी–स्कुटरको मूल्य १ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।

बिज्ञापन

अपडेट गरिएको एरोक्स १५५ लाई नयाँ आइस फ्लुओ भर्मिलियन रंगमा उपलब्ध गराइएको छ । यसले यसअघिको ग्रे भर्मिलियनलाई प्रतिस्थापन गर्नुको साथै नयाँ ग्राफिक्सले एरोक्सको लुक्सलाई झनै आकर्षक बनाएको छ । एरोक्स १५५ मा पुरानै १५५ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको भएपनि यसलाई ओबिडी–टुबी इमिसन स्ट्यान्डर्ड अनरुप अपग्रेड गरिएको छ । यस स्कुटरले १४.५ बिएचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्दछ ।

बिज्ञापन

फिचरको कुरा गर्नुपर्दा यसमा, डुअल एलईडी हेडल्याम्प, ब्लुटुथ कनेक्टिभिटी भएको इन्स्ट्रुमेन्ट क्लस्टर र सिंगल–च्यानल एबिएस राखिएको छ । साथै, यसको एस भेरिएन्टमा भने किलेस इग्निसन समेत उपलब्ध गराइएको छ । यामाहा एरोक्स नेपाली बजारमा समेत उपलब्ध प्रिमियम स्कुटर हो । नेपाली बजारमा यसको मूल्य ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते