होमपेज > निर्जीवन बीमाद्वारा चैतसम्म ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कुनको कति? (हेर्नुहोस्)

निर्जीवन बीमाद्वारा चैतसम्म ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कुनको कति? (हेर्नुहोस्)

बिज्ञापन
बिज्ञापन

निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले चैत महिनासम्म ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेका छन् ।

बिज्ञापन

नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी तथा चार लघु निर्जीवन बीमा कम्पनी कम्पनीले यो अवधिमा २४ लाख १२ हजार वटा बीमालेख बिक्री गर्दा चालु आर्थिक वर्षको ९ महिनामा सो बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

बिज्ञापन

यसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमा शुल्क संकलन गरेको छ । शिखरले ४ अर्ब ३४ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड, ओरियन्टल इन्स्योरेन्सको २ अर्ब १५ करोड, एनएलजी इन्स्योरेन्सको २ अर्ब १३ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

बिज्ञापन

नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यसबाहेक माइक्रो इन्स्योरेन्सले १९ करोड ३६ लाख, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्सको १७ करोड ५७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड ३२ लाख तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

-कुन क्षेत्रमा कति शुल्क संकलन?

प्रदेशगत रूपमा हेर्दा यो अवधिमा संकलित कुल बीमा शुल्कमध्ये बाग्मती प्रदेशमा २२ अर्ब १० करोड, लुम्बिनीमा २ अर्ब ८५ करोड, कोशी प्रदेशमा २ अर्ब ८६ करोड, मधेशका २ अर्ब १५ करोड, गण्डकीमा १ अर्ब ७० करोड, सुदूरपश्चिममा ४२ करोड ४७ लाख तथा कर्णालीमा ३० करोड ६८ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ ।

त्यस्तै, शीर्षकगत रूपमा हेर्दा मोटर बीमातर्फ ९ अर्ब ८२ करोड, सम्पत्ति बीमातर्फ ८ अर्ब १९ करोड, इञ्जिनियरिङ बीमातर्फ ५ अर्ब ५६ करोड, कृषि तथा बाली बीमाबापत १ अर्ब २३ करोड, सामुन्द्रिक बीमातर्फ १ अर्ब ८९ करोड, हवाई बीमातर्फ १ अर्ब ८१ करोड, लघु बीमातर्फ ६९ करोड ९७ लाख रुपैयाँ तथा विविध बीमातर्फ ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते