होमपेज > अब ब्लू बुक पनि बोकेर हिँड्न नपर्ने, बागमती प्रदेशमा ‘ई-ब्लू बुक’ सेवा सुरू

अब ब्लू बुक पनि बोकेर हिँड्न नपर्ने, बागमती प्रदेशमा ‘ई-ब्लू बुक’ सेवा सुरू

बिज्ञापन
बिज्ञापन

अब सवारी साधनको ब्लू बुक र लाइसेन्स बोकेर हिँड्न नपर्ने भएको छ ।

बिज्ञापन

बागमती प्रदेश सरकारले शुक्रबारदेखि ‘ई-ब्लू बुक’ र अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल) सेवा सुरू गरेसँगै ब्लू बुक र लाइसेन्स बोकेर हिँड्ने झन्झट हटेको हो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ब्लू-बुकको क्यूआर प्रणाली नागरिक एपमा आबद्ध गर्ने र इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्सको औपचारिक उद्घाटन गरेका हुन् ।

बिज्ञापन

यससँगै अब बागमती प्रदेश अन्तर्गतका सवारीधनीले सवारी साधनको ब्लू बुक र लाइसेन्स बोकेर हिँड्नु पर्दैन । अब नागरिक एपबाट ब्लू बुक र लाइसेन्स देखाउन सकिने छ । यसअघि नागरिक एपमा लाइसेन्स देखाउने सेवा सुरू भए पनि ब्लू बुक सेवा जोडिएको थिएन् । अब ब्लू(बुक पनि एपमै देखाउन सकिने बागमतीका श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

साथै, अब अनलाइनबाटै ब्लू(बुक नवीकरण, सवारी कर भुक्तानी तथा अन्य सेवा लिन सकिने व्यवस्था गरिएको छ । त्यस्तै, ईडीएल प्रणालीमार्फत सेवाग्राहीले अब अनलाइनबाटै नयाँ लाइसेन्सका लागि आवेदन दिने, लाइसेन्स नवीकरण गर्ने, नयाँ लाइसेन्स वर्ग थप्ने तथा प्रतिलिपि प्राप्त गर्न सक्छन् ।

बिज्ञापन

पछिल्लो समय सवारी साधन सम्बन्धी सेवाहरू धमाधम अनलाइन बनाउँदै लगिएको छ । हाल ट्राफिक जरिवाना पनि अनलाइनबाटै तिर्न सकिने व्यवस्था कार्यान्वयनमा आइसेकेको छ । बागमती प्रदेशमा हाल करिब २३ लाख सवारी साधन संचालनमा छन् । ती सवारीको साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसनको काम पनि धमाधम भइरहेको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते