नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
बिज्ञापन
सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
बिज्ञापन
यता, चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।








