यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायम रहेको छ । आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ६ हजार २०० सयले घटेको छ ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ घटेर १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भयो। मंगलबार आउँदा सुन प्रतितोला ५०० सय रुपैयाँले बढेर तोलाकाे १ लाख ८८ हजार ८०० सय रूपैयाँमा पुग्यो।
बिज्ञापन
बुधबार प्रतितोला ७०० रुपैयाँले घटेर एक लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य ४ हजार ६ सय रुपैयाँले घटेर तोलामा एक लाख ८३ हजार ५ सय रूपैयाँमा कारोबार भयो। शुक्रबार सुनको मूल्य स्थिर रहेर प्रतितोला एक लाख ८३ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी भने यो साता ६० रूपैयाँले घटेकाे महासंघको तथ्यांकले देखाएको छ।
बिज्ञापन
कुन दिन कति थियो सुनको मूल्यः
.आइतबारः एक लाख ८९ हजार सात सय रुपैयाँ
.सोमबार: १ लाख ८८ हजार ३०० सय रुपैयाँ
.मंगलबारः १ लाख ८८ हजार ८०० सय रुपैयाँ
.बुधबारः एक लाख ८८ हजार १ सय रुपैयाँ
.बिहीबारः एक लाख ८३ हजार ५ सय रुपैयाँ








