होमपेज > सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता

सिप्रदी ट्रेडिङ र ओरियन्टल इन्स्योरेन्सबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता

बिज्ञापन
बिज्ञापन

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता भएको छ।

बिज्ञापन

काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहमा दुवै कम्पनीका प्रतिनिधिहरूले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतामा सिप्रदी ट्रेडिङका भाइस प्रेसिडेन्ट सौरवराज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत टोटन चक्रवर्तीले हस्ताक्षर गरेका हुन्।

बिज्ञापन

कम्पनीका अनुसार, यो सहकार्यले टाटा ब्रान्डका सवारी साधन प्रयोगकर्ताहरूलाई सवारी दुर्घटनापछिको बीमा दाबी प्रक्रिया सहज, छरितो र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। यसअघि सिप्रदीले शिखर इन्स्योरेन्स, सलिको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सानिमा इन्स्योरेन्ससँग पनि यस्तै प्रकारको नगदरहित बीमा दाबी सेवासम्बन्धी सम्झौता गरिसकेको छ।

सिप्रदीको दाबीअनुसार, हालसम्म करिब २ हजार ५ सयभन्दा बढी ग्राहकले यो सेवा प्रयोग गरी सजिलै बीमा दाबी प्राप्त गरिसकेका छन्। कम्पनीले भविष्यमा अझ धेरै ग्राहकसम्म सेवा विस्तार गर्दै गुणस्तरीय सेवा प्रवाह गर्ने योजना बनाएको छ। सिप्रदीले बीमा कम्पनीहरूसँगको सहकार्यलाई आगामी दिनमा अझ सुदृढ बनाउँदै लैजाने तयारी पनि गरेको जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते