होमपेज > शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

बिज्ञापन
बिज्ञापन

आज (सोमबार) शेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । यसअघि लगातार २ दिन सामान्य बढेको सेयर बजारमा आज गिरावट देखिएको हो ।

बिज्ञापन

सोमबार सेयर बजार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २६४७ बिन्दुमा झरेको छ । आज नेप्सेसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ । आइतबार साढे १० अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिज्ञापन

लगानीकर्ताहरू विश्वस्त हुन नसक्दा पछिल्लो समय शेयर बजार बढ्न सकिरहेको छैन । गभर्नर नियुक्त्तिको विषयलाई लिएर भइरहेको टिप्पणी र ढिलाईका कारण पनि बजारले सोचेअनुसार गति लिन नसकिरहेको जानकारहरू बताउँछन् । लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन् ।

कुल १३ उपसूचकमध्ये ९ उपसूचक राताम्मे बने । ७८ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको मूल्य घटेको छ । कारोबार अवधिभर ३२७ कम्पनीको २ करोड ३६ लकः ८९ हजार कित्ता सेयर किनबेच भयो । यसदिन पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी कम्पनीको सेयर मूल्य क्रमशस् १० प्रतिशत र ९।९९ प्रतिशतले बढ्यो ।

बिज्ञापन

सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सर्वाधिक घाटा व्यहोरे । कम्पनीको सेयर मूल्य ८.९३ प्रतिशतले बढ्यो । कारोबार रकममा आज पनि ङादी ग्रुप पावरकै वर्चश्व देखिएको छ । कम्पनीको ७० करोड ९४ लाख ७१ हजार रुपैयाँ माथिको कारोबार भयो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते