होमपेज > डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, ग्राहकका लागि विशेष छुट

डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, ग्राहकका लागि विशेष छुट

बिज्ञापन
बिज्ञापन

नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ ।

बिज्ञापन

यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ । सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरू भएको डाइनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानमा गरी २२०० भन्दा बढी ग्राहकहरूको साथ विश्वास हासिल गरेको छ ।

बिज्ञापन

यस कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवा लगायतका क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास तथा विस्तार गर्दै आएको छ । डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो । यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र १०० भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको छ ।

डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ । यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ । डाइनामिक टेक्नोसफ्टले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो पाइला बढाउँदै दुबई, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ ।

बिज्ञापन

१५ औँ वार्षिकोत्सवको अवसरमा डाइनामिक टेक्नोसफ्टका सस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, “१५ वर्षको यात्रामा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं ।ू

ग्राहकहरूप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन हामी आगामी दिनहरूमा थप नवीनतम सेवा र समाधान लिएर आउने छौं । १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादहरूमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर प्रदान गरिरहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते