होमपेज > राष्ट्र बैंकको कारबाहीमा परे तीन विकास बैंक, दुई फाइनान्स

राष्ट्र बैंकको कारबाहीमा परे तीन विकास बैंक, दुई फाइनान्स

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले तीन विकास बैंक, दुई फाइनान्स कम्पनीसहित एक पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) विरुद्ध कडा निगरानी र कारबाही थालेको छ।

बिज्ञापन

केन्द्रीय बैंकले वित्तीय प्रणालीमा कडाइ गर्दै पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाहीमा राखेको हो। यस्तै, मुक्तिनाथ, नारायणी र साल्पा गरी तीन विकास बैंकलाई सचेत गराएको छ।

बिज्ञापन

बैंकले पोखरा फाइनान्सका पूर्व सिइओ रविचन्द्र गुरुङलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएर पदबाट हटाएको छ। राष्ट्र बैंकको निरीक्षण प्रतिवेदन अनुसार पोखरा फाइनान्सले २०८१ माघ १३ देखि २६ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम गर्न असफल भएको कारण संस्थालाई ४६ हजार ७१८ रुपैयाँ २३ पैसा नगद जरिवाना तिराइएको हो।

त्यस्तै, पूर्व सिइओ रविचन्द्र गुरुङले समग्र व्यवस्थापनको प्रमुख जिम्मेवारी वहन गर्ने व्यक्तिका रूपमा नियामक निर्देशन पालना नगरेको, र राष्ट्र बैंकले सोधेको स्पष्टिकरण पनि असन्तोषजनक भएकोले उनलाई राष्ट्र बैंक ऐन, दफा १०० को उपदफा २ (ग) अनुसार ५ लाख रुपैयाँ जरिवाना गरिएको हो। गुरुङको स्थानमा सञ्चालक समितिले फागुन २६ गते बसेको बैठकमा प्रकाश गुरुङलाई नयाँ सिइओ नियुक्त गरिसकेको छ । यो कम्पनीलाई नयाँ कर्जा तथा निक्षेप खाता खोल्न रोक लगाइएको छ।

बिज्ञापन

जानकी फाइनान्सको पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार नरहेकोले राष्ट्र बैंकले कम्पनीमाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ। राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिको संयोजकका रूपमा सहभागी भएको जनाएको छ । राष्ट्र बैंकको निर्देशन विपरीत भएकाले उनलाई सचेत गराइएको हो।

नारायणी विकास बैंकले तोकिएको न्यूनतम पूँजी, निक्षेप संकलन सीमा, एकल ग्राहक कर्जा सीमा लगायत निर्देशनहरु उल्लंघन गरेको पाइएपछि तत्काल सुधार गर्न लिखित आदेश दिइएको छ। संस्थालाई २०८२ असार मसान्तसम्म पूँजी र पूँजीकोष अनुपात अनिवार्य रूपमा कायम गर्न भनिएको छ।

साल्पा विकास बैंकले पनि अझैसम्म न्यूनतम चुक्तापुँजी कायम नगरेकाले सञ्चालक समितिलाई नसिहत दिइएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते