होमपेज > कुमारी बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

कुमारी बैंकको आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

बिज्ञापन
बिज्ञापन

कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार बैंकले चैत मसान्तसम्म २८ करोड ५८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ।

बिज्ञापन

गत वर्ष यस अवधिसम्म बैंकले १ अर्ब ५ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेका थियो। गत वर्षको तेस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष सोही अवधिसम्म बैंकको खुद नाफा ७२.८५ प्रतिशतले घटेको हो। यस वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज रकम गत वर्षभन्दा बढी भएको र सञ्चालन नाफा घटेकाले खुद नाफा समेत प्रभावित भएको हो। गत वर्ष ३ अर्ब ५४ करोडभन्दा बढी रहेकोमा चालू आवमा बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

बिज्ञापन

त्यस्तै गत वर्ष बैंकको सञ्चालन नाफा २ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रहेकोमा चालू आवमा घटेर ८५ करोड रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा गत वर्ष ४ अर्ब २० करोड ऋणात्मक रहेकोमा चालू आर्थिक वर्षमा साढे ६ अर्ब ऋणात्मक भएको छ। हाल बैंकको चुक्ता पूँजी २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ छ। बैंकको जगेडा कोषमा ५ अर्ब ४५ करोड ऋणात्मक र रिजर्भ कोषमा साढे १५ अर्बभन्दा बढी रुपैयाँ रहेको छ।

गत वर्ष बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा बढेर ६.९८ प्रतिशत पुगेको छ। बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ ४३ पैसा रहेको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते