होमपेज > १८औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकले १८ दिनसम्म सडक आश्रितलाई गरायो भोजन

१८औं वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकले १८ दिनसम्म सडक आश्रितलाई गरायो भोजन

बिज्ञापन
बिज्ञापन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिएका व्यक्तिहरूलाई १८ दिनसम्म भोजनको व्यवस्था गरेको छ।

बिज्ञापन

बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका करिब १९०० जनालाई दैनिक भोजन उपलब्ध गराएको हो। बौद्ध, चाबहिल, जोरपाटी, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका क्षेत्रका नदी किनार, सडक छेउ तथा पुलमुनी बस्दै आएका व्यक्तिहरूलाई लक्षित गरी बैंकले यो अभियान सञ्चालन गरेको जनाएको छ।

बिज्ञापन

यस कार्यक्रममार्फत समाजमा उपेक्षित समुदायप्रति उत्तरदायित्व निर्वाह गर्दै संस्थागत सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने प्रयास गरिएको छ। बैंकले यसै अवसरमा चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ।

कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जीतपूर र हस्पिटललाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा सञ्चालन गरिएका शिविरहरूबाट करिब १७०० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्। बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यहरू गर्दै आएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते