दुई वाणिज्य बैंकको करिब ४ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ।
बिज्ञापन
कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको कुल ३ लाख ६१ हजार ८६० कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा कुमारी बैंकको १ लाख ९२ हजार ६४१ कित्ता र नेपाल इन्भेस्टमेन्ट बैंकको १ लाख ६९ हजार २१९ कित्ता रहेको छ ।
बिज्ञापन
दुबै बैंकको शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।
कुमारी बैंकका लागि संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।
बिज्ञापन
यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संस्थापक शेयरधनीहरुले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।








