होमपेज > नायिका अरुणिमा लम्सालकाे विवाहलगत्तै सम्बन्ध विच्छेद

नायिका अरुणिमा लम्सालकाे विवाहलगत्तै सम्बन्ध विच्छेद

बिज्ञापन
बिज्ञापन

नेपाली नागरिकता त्यागेर अमेरिकी बनेकी नायिका अरुणिमा लम्सालले आठ महिना पुग्दा नपुग्दै सम्बन्ध विच्छेद गरेकी छन् । पहिलो श्रीमानसँग जन्मेकी छोरीसँग अमेरिकामा बस्दै आएकी उनले गत वर्ष भदौमा नेपाल आएर काँग्रेसका स्थानीय नेता युवराज श्रेष्ठसँग विवाह गरेकी थिइन् ।

बिज्ञापन

बराह क्षेत्रका श्रेष्ठसँग पहिले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरिन् । त्यसपछि काठमाडौं,बत्तिसपुतलीस्थित राममन्दिर पुगेर श्रेष्ठको सिन्दुर, चुरा र पोते लगाइन् । दोस्रो विवाहलगत्तै अमेरिका गएकी उनी गत महिना नेपाल आएपछि सम्बन्ध विच्छेदको चर्चा चुलियो । पहिलो विवाह केही वर्ष टिके पनि दोस्रो वर्ष दिन पनि टिकेन । तर, सम्बन्ध विच्छेदपछि उपयुक्त केटो पाए तेस्रो विवाहको लागि आफू तयार रहेको खबरले सामाजिक सञ्जाल तातेको छ । साथै विवाह गरेपनि श्रेष्ठसँग शारीरिक सम्बन्ध नराखी अमेरिका गएको उनको दावीमाथि पनि सञ्जालमा धेरैले टिकाटिप्पणी गरेको पाइन्छ ।

बिज्ञापन

‘एक पन्थ,दो काज’ जस्तै काठमाडौं आएको मौका पारेर लम्साल पनि दुर्गा प्रसाईंका समर्थकले झैँ राजतन्त्रको वकालत गर्दै हिँडेकी छन् । विभिन्न सञ्चार माध्यमसँगको कुराकानीमा उनले तेस्रो विवाह र राजतन्त्रको कुरो उठाएकी छन् । हालैमात्र एक जना अमेरिकी नागरिकलाई राजाको पक्षमा लागेको भन्दै देश निकाला गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १४ गते माइतीघरमा गरेको प्रदर्शनमा सहभागी उनी ‘राजा आऊ, देश बचाऊ’ भन्दै चिच्याएपछि देश निकालामा परेका छन् । भिडियो समाजिक सञ्जालमा भाइरल भएपछि सरकारले कारबाही स्वरुप उनको देश फिर्ता पठाएको हो ।

अमेरिकी नागरिक जुलियन किर्पललाई दुई वर्ष नेपाल प्रवेश गर्न नमिल्नेगरी देश निकाला ९डिपोर्ट० गरिएको बताइन्छ । उता अमेरिकाले पछिल्लो तीन महिनामा पाँच दर्जन बढी नेपालीलाई अमेरिकाबाट निष्कासित गरिसकेको छ । उसले अवैध विदेशीलाई निष्कासन गरेको जनाएको छ भने नेपालले आन्तरिक मामिलामा दखल पुर्याउने उद्देश्यले सक्रिय विदेशीलाई त्यस्तै कारबाही गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते