साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.९७ अंकले बढेको छ । आज नेप्से परिसूचक २,७२५ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।
बिज्ञापन
यस दिन सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनीका १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भउको छ । एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।








