होमपेज > घट्यो जिरा पाउडरको मूल्य, कति पुग्यो?

घट्यो जिरा पाउडरको मूल्य, कति पुग्यो?

बिज्ञापन
बिज्ञापन

पछिल्लो समय बजारमा जिरा पाउडरको मूल्यमा गिरावट आएको छ । अघिल्ला महिनाहरूमा धेरै मूल्यवृद्धि भएको जिराको मूल्य वैशाखमा घटेको छ ।

बिज्ञापन

नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले स्थानीय बजारमा जिराको मूल्य घटेको देखाएको हो । संघले १ वैशाखमा सार्वजनिक गरेको खाद्यान्नको खुद्रा मूल्यसूची अनुसार जिरा पाउडरको मूल्य प्रतिकिलो ५० रुपैयाँ घटेको छ । संघले प्रत्येक महिना १ र १५ गते खाद्यान्नको खुद्रा मूल्य सार्वजनिक गर्ने गरेको छ ।

बिज्ञापन

संघको तथ्यांक अनुसार जिरा पाउडरको मूल्य प्रतिकिलो ८ सय ५० रुपैयाँ कायम छ । चैतमा ९ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै धनियाँ पाउडरको मूल्य भने यथावत छ । धनियाँ पाउडर प्रतिकिलो ३ सय रुपैयाँ छ ।

यस्तै गेडा जिराको मूल्य प्रतिकिलो ५ सय ९० रुपैयाँ तोकिएको छ । चैतमा भने ५ सय ७५ रुपैयाँ थियो । चैतको तुलनामा वैशाखमा गेडा जिराको मूल्य १५ रुपैयाँ बढेको छ । धनियाँ गेडा हरियोको मूल्य भने प्रतिकिलो २ सय ४० रुपैयाँ रहेको छ ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते