होमपेज > एक वर्षमा सुनको भाउ तोलामा ४७ हजारले बढ्यो, कति पुग्यो बजारदर?

एक वर्षमा सुनको भाउ तोलामा ४७ हजारले बढ्यो, कति पुग्यो बजारदर?

बिज्ञापन
बिज्ञापन

एक वर्षको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको छ । २०८० चैत ३० देखि २०८१ चैत ३१ गतेसम्मको अवधिमा सुनको मूल्य तोलामा ४७ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिज्ञापन

महासंघका अनुसार २०८० चैत ३० गते छापावाल सुनको मूल्य तोलामा १ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । तर, सो मूल्य २०८१ चैत ३१सम्म आइपुग्दा तोलामा १ लाख ८६ हजार रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको सरोकारवाला बताउँछन् ।

बिज्ञापन

उसो त सुनको भन्सार दर नघटाइएको भए यतिबेला सुनको मूल्य थप बढी हुने थियो । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको थियो ।

चालु आर्थिक वर्षको बजेट घोषणा हुँदा भन्सार दर २० प्रतिशत कायम गरिएको थियो । भन्सार दर महँगो भएको भनेर व्यवसायीहरुले सरकारमाथि दबाब बढाएपछि मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा गत मंसिर ९ मा सूचना प्रकाशित भएर निर्णय मंसिर १० देखि कार्यान्वयनमा गएको थियो ।

बिज्ञापन

चैत ३१ गतेको भाउ हालसम्मकै रेकर्ड उच्च मूल्य हो । उसो त सरोकारवाला अझै सुनको मू्ल्य बढ्ने बताउँछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते