होमपेज > मकवानपुरमा बस अनियन्त्रित भई पल्टिएपछि…

मकवानपुरमा बस अनियन्त्रित भई पल्टिएपछि…

बिज्ञापन
बिज्ञापन

कवानपुरको बकैयामा यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर –३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बिज्ञापन

सिन्धुलीबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०२७० नम्बरको बसमा भिमफेदी गाउँपालिका कृषि तथा पशु शाखाबाट अगुवा कृषक भ्रमणमा रहेका कृषक र प्राविधिक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

बिज्ञापन

भ्रमण सकेर फर्किँदै गरेको अवस्थामा गएराति ९ः३० बजेको समयमा चिसापानीबजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौडा तर्फ आउँदै गरेको घुम्तीमा दुर्घटना भएको उनले बताए । उनका अनुसार दुर्घटनामा बसमा चालकसहित ३१ जना सवार रहेको यात्रु घाइते भएका छन् ।

दुर्घटनामा मकवानपुर भिमफेदी-३ बुल्मिङ बस्ने वर्ष ४६ को श्रीराम बज्यु, भिमफेदी-५ ज्यामिरे बस्ने वर्ष ५५ की रिता कुमारी मगर, चितवन राप्ति २ गडौली बस्ने वर्ष २९ को पशुको डा सरोज ओझा, डा ओझाको श्रीमती वर्ष २७ की रेश्मा सुवेदी, भीमफेदी-६ टारगाँउ बस्ने भीमफेदी गाउँपालिकाककी कार्यपालिका सदस्य वर्ष ४५ की सुमित्रा लामा, सोही स्थान बस्ने वर्ष ५५ की श्री सानी आले, भीमफेदी-५ अकोटे बस्ने वर्ष २५ को अनिल स्याङबो घाइते भई उनीहरुलाई थप उपचारको लागि भरतपुर पठाइएको प्रवक्ता अर्यालले बताए ।

बिज्ञापन

त्यस्तै दुर्घटना घाइते भएका मकवानपुर भिमफेदी-२ निगाले बस्ने वर्ष ४५ को दिलिप राज बुलन, भिमफेदी-५ सुपिङ बस्ने वर्ष ५१ को यदुनाथ पुडासैनी, मकवानपुरगढि-३ मक्रान्चुली बस्ने वर्ष ४२ को नारायण प्रसाद शर्मा, हेटौडा-११ थानाभर्याषङ बस्ने वर्ष २९ को उज्वल राना मगरको उपचार पश्चात् डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

त्यसैगरी दुर्घटनामा भीमफेदी-६ भदौरे बस्ने वर्ष ३२ को सुदिप पराजुली, भीमफ्फेदी-२ चौकीडाँडा बस्ने वर्ष २७ को सुयास पाख्रिन, भीमफेदी-९ झिरघारी बस्ने वर्ष २७ को शुभाष रुम्बा, सोही स्थान बस्ने वर्ष ५२ को हित चन्द्र मोत्तान, भीमफेदी-२ को वडा अध्यक्ष वर्ष ४९ को कासीराम बज्युको हेटौँडा स्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रवक्ता अर्यालको भनाई छ ।

दुर्घटनामा परेर घाइते भएका हेटौंडा-१८ बस्ने वर्ष २५ को रुबिन घर्ति, भीमफेदी-३ बस्ने वर्ष ५३ को बुद्विसिंह दोङ, भिमफेदी-८ बस्ने वर्ष ३९ की सिता थिङ, सोही स्थान बस्ने बस्ने वर्ष ३५ कि सूर्य माया घलान, भीमफदी-१ बस्ने वर्ष ५० को करणध्वज पाख्रिन, हेटौंडा-१८ हर्नामाडी बस्ने वर्ष २९ को विमल ढुंगाना, भीमफेदी-४ चिउरी बगैँचा बस्ने वर्ष ४० को कृष्णहरि गाहा मगर, भीमफेदी-७ मान्डु बस्ने वर्ष अं. ३८ को सुजन प्रजा, भीमफेदी-८ गँगटे बस्ने वर्ष ४३ को मान बहादुर लामा, भीमफेदी-१ सानुटार बस्ने वर्ष ४२ को राजेन्द्र कुमार स्याङतान, भीमफेदि गाउँपालिकाको कृषि प्राविधिक वर्ष २९ को सानु कान्छा घिसिङ, भीमफेदि गाउँपालिकाको पशु प्राविधिक वर्ष ३१ को पुष्पलाल बज्यु, भीमफेदी-३ बस्ने वर्ष ४८ को अर्जुन तामाङ, बसका सहचालक उदयपुर रौतामाई-५ बस्ने वर्ष ३२ को सतिह दाहाल उपचार पछि डिस्चार्ज गरिएको प्रवक्ता अर्यालले बताए ।

बासका सहचालक दाहाल प्रहरीको नियन्त्रणमा रहेको छन् भने चालक फरार रहेका छन् । फरार रहेका चालकको खोजी भइरहेको प्रवक्ता अर्यालले बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते