होमपेज > नेपालको मोबाइल बैंकिङको क्युआर अब भारत र भुटानमा पनि चल्ने

नेपालको मोबाइल बैंकिङको क्युआर अब भारत र भुटानमा पनि चल्ने

बिज्ञापन
बिज्ञापन

काम विशेषले छिमेकी मुलुक भारतको भ्रमणमा जानु पर्दा चर्को सटही तिरेर नगदै बोकेर जानुपर्ने बाध्यता क्रमशः हट्दै जान थालेको छ। नगदै बोकेर जाँदा यात्राका क्रममा चोरी हुने वा लुटिने जोखिम समेत हुन्छ।

बिज्ञापन

नेपालको वाणिज्य र विकास बैंकले जारी गरेको डेबिट क्रेडिट कार्डका माध्यमबाट भारतमा कुनै पनि किनमेल वा सेवाको भुक्तानी सहजै गर्न सकिने सुविधा रहेकोमा अब क्युआर कोड स्क्यानबाट पनि भुक्तानी गर्न सकिने भएको छ। नेपाली ग्राहकले भारतमा किनमेल गर्दा, उपचार गराउँदा वा होटलमा बास बस्दाको भुक्तानी आफ्नो मोबाइल बैंकिङ एप्सको क्युआरमार्फत गर्न सक्ने भएका हुन् ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापन विभागको एकीकृत परिपत्र २०८१ मार्फत यस्तो सुविधा लागू गरेको हो। संशोधित परिपत्रमा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको खाताको क्यूआर कोड लगायतका विद्युतीय माध्यमबाट भारत र भुटानमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय भुक्तानी स्विच पूर्ण रूपमा सञ्चालनमा नआएसम्म तत्कालका लागि खुद्रा भुक्तानी स्वीच मार्फत नै यो सुविधा प्रदान गर्नुपर्ने परिपत्रमा उल्लेख छ ।

नेपालीले होटल, अस्पताल र औषधी पसलमा गरिने भुक्तानी बाहेक अन्य भुक्तानीमा मासिक एक लाख भारतीय रूपैयाँसम्म भुक्तानी गर्न सक्नेछन्। होटल,अस्पताल र औषधी पसलमा भुक्तानी गर्दा रकमको सीमा लागू हुनेछैन।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते