होमपेज > ‘ईभी’ गाडीमा बैंकहरुको लगानी वृद्धि भइरहेको छ: नेपाल बैंकर्सका अध्यक्ष कोइराला

‘ईभी’ गाडीमा बैंकहरुको लगानी वृद्धि भइरहेको छ: नेपाल बैंकर्सका अध्यक्ष कोइराला

बिज्ञापन
बिज्ञापन

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले इलेक्ट्रिक भेहिकल (ईभी) गाडीको भविष्यलाई लिएर विभिन्न दुबिधा उत्पन्न भएपनि बैंकहरुले यस क्षेत्रमा लगानी बढाइरहेको बताएका छन्। उनले नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ‘नाडा अटो डायलग २०८१’ कार्यक्रममा बोल्दै भने कि ईभीमा बैंकहरुको लोन वृद्धि भएको भएपनि यसको भविष्यलाई लिएर बैंकरहरुमा चिन्ता रहेको छ।

बिज्ञापन

कोइरालाले यस क्षेत्रमा बैंकरहरुको चिन्ता भनेको भनेको छ कि ईभीको भविष्य र यसको पूर्वाधारको अवस्थाले बैंकलाई अनिश्चितताको सामना गराउन सक्छ। उनले भने, ‘ईभीको प्रयोग संसारभर बिस्तार भइरहेको छ, तर यसको भविष्य र मर्मतका खर्चको विषयमा स्पष्ट मापदण्डहरूको कमी देखिन्छ।’ उनले भने कि नेपाल राष्ट्र बैंकले पनि ईभीको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै लोन नीति सम्बन्धी सुधार गर्नुपर्ने आवश्यकता रहेको छ।

बिज्ञापन

अध्यक्ष कोइरालाले भने कि ए–क्लासका बैंकहरुले लगभग १ सय १३ अर्ब रुपैयाँको लोन दिएको र सबै बैंकले गर्दा १ सय २९ अर्ब रुपैयाँ लोन यातायात क्षेत्रतर्फ गएको बताए। यसमध्ये सबैभन्दा बढी लोन ईभी गाडीमा गएको छ। तर, उनले चिन्ता व्यक्त गर्दै भने, “ईभीको ब्याट्री र पाट्र्सको मर्मतमा आउने खर्चको पूर्वानुमानको अभावले समस्यामा पार्न सक्छ।”

कोइरालाले थपे कि बैंकहरुले ईभी गाडीको सहज फाइनान्सिङ्ग गर्न थाले पनि यसको मर्मत, ब्याट्री र सामानको खराबीको समस्या समाधान नहुँदासम्म दीर्घकालीन नीति आवश्यक रहेको बताए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते