होमपेज > सुर्खेतमा स्थानीयको भान्सामा एक्कासी गोली खस्यो

सुर्खेतमा स्थानीयको भान्सामा एक्कासी गोली खस्यो

बिज्ञापन
बिज्ञापन

सुर्खेतमा गोली चलेको छ । सुर्खेतको वीरेन्द्रनगर–१० स्थित स्थानीय टीका रिजालको भान्सामा एक्कासी गोली खसेको हो । चैते दशैंको दिन घरमा खाना पकाउँदै गर्दा अज्ञात स्थानबाट प्रहार भएको गोली टिनको पाता छेडेर भान्सामा खसेको छ ।

बिज्ञापन

बिज्ञापन

गोली कसले र किन चलायो भन्ने खुलेको छैन । तर, रिजालको घरमा खसेको गोली भान्सामा खस्दा प्लास्टिक र फिउस आल्मुनियमको बाटामा प्वाल पारेको छ । गोली पड्केको आवाज आएपछि आफूहरु भागेको रिजालले बताइन् । ‘खाना पकाइरहेको बेला गोलीको एक्कासी आवाज आयो,’ उनले भनिन्,‘हामी भागेर बाहिर आयो । ठुलो ठुला आवाज आयो ।’

बिज्ञापन

आज चैते दशैं भएकाले हर्ष बढाइ गर्ने क्रममा गोली घरमा खसेको अनुमान जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले बताए । ‘नजिकैबाट गोली हानेको भए खोका पनि भेटिनुपर्ने हो, गोली खसेको घर आसपासमा खोज्दा भेटिएन’ उनले भने, ‘प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान थालिसकेको छ । यद्यपि गोली भेटिएको घर आसपास नजिकै पड्काएको हैन, टाढै पड्काउँदा त्यहाँ खसेको अनुमान छ ।’

भेटिएको गोली एसएमजी, थ्रि नट थ्रि राइफल र एसएलआर हतियारमा लाग्ने हो । गोली भेटिएपछि गोलीको पहिचान र खसेको दिशा पत्ता लगाउन अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते