होमपेज > एम्बुलेन्समा राखेर ९३ हजारबढी लागुऔषध क्याप्सुल तस्करी, ४ भारतीय पक्राउ

एम्बुलेन्समा राखेर ९३ हजारबढी लागुऔषध क्याप्सुल तस्करी, ४ भारतीय पक्राउ

बिज्ञापन
बिज्ञापन

प्रहरीले एम्बुलेन्समा लुकाएर ल्याएको लागुऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

बिज्ञापन

शनिबार राति २ बजेतिर ललितपुर बागमती गाउँपालिका ३ छपेली भट्टेडाँडामा भारतीय नम्बर प्लेट बिआर ०५ पिए ०४२१ नम्बरको एम्बुलेन्स शंका लागेर चेक गर्दा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा २० वर्षीय भारतीय नागरिक समिर आलम, ३३ वर्षका मुन्ना अन्सारी, ४५ वर्षकी नोर्जान खातुन छन्।

बिज्ञापन

जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी सो घटनाबारे जानकारी दिएको हो। एम्बुलेन्स चालक मोहम्मद उमर भने एम्बुलेन्सको चाबी लिएर राति नै फरार भए पनि शनिबार बिहान घटनास्थलभन्दा करिब १ किलोमिटरको दुरीमा पक्राउ परेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

बयानका क्रममा उनीहरूले बिरामी भएको नाटक गरी उक्त लागुऔषध काठमाडौं भित्र्याउन खोजेको बताएका छन्। उनीहरूले उक्त भारी मात्राको लागुऔषध नेपाली व्यक्तिको लागि ल्याएको बताएका छन्। यद्यपि उनी अहिले फरार रहेको र खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

बिज्ञापन

उक्त स्थानमा प्रहरी चौकी भट्टेडाँडाबाट प्रहरी सहायक निरीक्षक श्रीराम सिंहको कमाण्डमा खटिएको २ जना प्रहरी टोलीले एम्बुलेन्सभित्रबाट लागुऔषध ट्रामाडोल ९३ हजार ८०० क्याप्सुल बरामद गरेको हो। घटनास्थल प्रहरी चौकी भट्टेडाँडाबाट अन्दाजी १ किमी पूर्व पर्छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते