होमपेज > नेप्सेका सीईओ र स्टक ब्रोकरबीच भेट, ६५ लाख लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एपमा जोड्न माग

नेप्सेका सीईओ र स्टक ब्रोकरबीच भेट, ६५ लाख लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एपमा जोड्न माग

बिज्ञापन
बिज्ञापन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईँलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले बधाई दिएको छ । एसबानको टोलीले नेप्सेको कार्यालयमा पुगेर नवनियुक्त सीईओलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो ।

बिज्ञापन

उक्त भेटमा एसोसिएसनका अध्यक्ष सागर ढकालले लगानीकर्तालाई तत्काल टीएमएसको मोबाइल एप कार्यान्वयनमा ल्याउन माग गरेका थिए । ‘अहिले पुँजी बजारमा ६५ लाख लगानीकर्ता पुगिसकेका छन्,’ भेटमा उनले भने, ‘उनीहरुले बर्षौदेखि टीएमएसको मोबाईल एप नहुँदा समस्या भोग्दै आएका छन् । तसर्थ यसलाई तत्काल कार्यान्यनमा ल्याउनु पर्छ ।’ साथै तत्काल टीएमसको मोबाइल एप कार्यान्यनमा ल्याएर लगानीकर्तालाई सहजिकरणका साथै उनीहरुको हितमा काम गर्न आग्रह गरे ।

बिज्ञापन

उक्त बधाई तथा भेटघाट कार्यक्रममा नवनियुक्त सीईओ आफु निजी क्षेत्रबाट आएकाले उनीहरुको समस्याहरू राम्ररी बुझेको उल्लेख गर्दै केही नयाँ सुधारका काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । ‘मैले नेप्सेको गतिविधिबारे दैनिक रूपमा जानकारी लिइरहेको छु,’ उनले भने, ‘निकट भविष्यमा तपाईहरुले देख्नेगरी सुधारका कामहरु अघि बढाउने छु ।’

बधाई कार्यक्रममा ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, सचिव विनय पौडेल, कार्यसमिति सदस्य विशालकुमार अग्रवाल, जेलिना कँडेल, जयन्त श्रीवास्तव, प्रियन्सु अग्रवाल लगायतको उपस्थिति थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते