नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १८०० रुपैयाँले बढेको हो। यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो।
बिज्ञापन
यस्तै, आज चाँदीको स्थिर रहेको छ। सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार २ हजार ३५ रुपैयाँ कायम भएको हो।








