चैत १५ गते काठमाडौँको तीनकुनेमा आयोजित राजावादीहरूको आन्दोलनको कमाण्डर रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं यतिबेला फरार रहेका छन्। प्रहरीले उनलाई पक्राउ गर्नका लागि खोजी गरिरहेको छ।
बिज्ञापन
यसैबिच प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफू नभागेको तर आफ्नो ज्यान जोगाउन काठमाडौँकै कुनै एक मन्दिरमा सुरक्षित भएर बसेको बताएका छन्। ‘म सुरक्षाकर्मीहरूलाई भन्न चाहन्छु, म तपाईंहरूभन्दा टाढा छैन। म भागेको छैन। पुलिस प्रशासनले मलाई खोज्न पर्दैन। मलाई भेटेको ठाउँमा गोली हान्ने आदेश भएकाले म सुरक्षित मात्र भएर जन्मेको हुँ। म भाग्नलाई जन्मेको होइन।’
बिज्ञापन
चैत १५ गतेको कार्यक्रम आफूहरूले शान्तिपूर्ण तरिकाले गर्न जाँदा आफूलाई मार्ने ठुलो योजना रहेको दाबी गरेका छन्। उनले भने, ‘लघुवित्त पीडित, सहकारी पीडित, बैंक पीडित, विदेश जाने पीडितलगायतको आवाजलाई उठाएर अघि बढाएपछि अब हामीले लडाइँ जित्छौँ, विद्रोह सफल हुन्छ भनेपछि विभिन्न भेसभुसामा युवा संघ र पुलिस प्रशासनका केही व्यक्ति सिभिल ड्रेसमा अर्काको घरमा चढेर घटना घटाइयो।’
उनले आफूहरू कार्यक्रम स्थल पुग्नुभन्दा अघि नै स्टेजमा बाटोबाटै गोली र टियर ग्यास हान्न थालेको दाबी गरेका छन् । आफ्नै गाडीमा टियर ग्यास हानेपछि कि त यिनीहरूले मलाई पेरुको गोन्जालोजस्तो थुन्नुपर्यो कि त मार्ने षडयन्त्र गरेको हो भन्ने थाहा पाएपछि पुलिसको ब्यारिकेड तोडेर सुरक्षित स्थानमा मात्र पुगेको उनको जिकिर छ।
बिज्ञापन
‘प्रहरीलाई जति माया म जतिको कोही छैन। तपाईंलाई दुर्गा प्रसाईंले पेल्यो भन्ने लाग्यो होला। तर, मलाई लक्षित गरेर छतमा सार्प सुटरहरू राखिएको थियो। तीनकुने पुग्दा मेरो कानको छेवैबाट गोलीहरू गयो। त्यसपछि कसको रगत उम्लिँदै । मैले पुलिस चित्त दुखाउने काम गरेको छैन। आफूलाई सुरक्षित राख्न मात्र घेरा तोडेको हुँ।’
उनले आफूले कहिले पनि त्यहाँ घर जला भनेर नभनेको पनि बताएका छन्। ‘बरु संसद् भवन कब्जा गरौँ मात्र भनेको हुँ। तोडफोड नगर भनेको छु। त्यस दिनको घटनाप्रति दुःख व्यक्त गर्छु,’ उनले भनेका छन्।








