होमपेज > साताको अन्तिम कारोबार दिन शेयर बजारमा हरियाली

साताको अन्तिम कारोबार दिन शेयर बजारमा हरियाली

बिज्ञापन
बिज्ञापन

साताको अन्तिम शेयर कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ४० अंकले बढेको नेप्से यसदिन ४१.४३ अंकले बढेर २६६३.५४ विन्दुमा अडिएको हो।

बिज्ञापन

नेप्से बढेसँगै कारोबार रकम बुधबारको तुलनामा वृद्धि भएको छ। आज ५ अर्ब माथिको सेयर कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब २० करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन ३०९ स्क्रिप्सको ९७ लाख ७२ हजार १९६ कित्ता सेयर ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक बढेसँगै दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। गुराँस लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढ्यो।

बिज्ञापन

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ५१ करोड १८ लाख मूल्य बराबरको सेयर कारोबार भयो। नेपाल रिइन्स्योरेन्सले २७ करोडको सेयर कारोबार गर्दा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २५ करोड,सीईडीबी होल्डिंसको २० करोड र ग्रिन डेभलपमेन्ट बैंकको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ६.०९ प्रतिशतले बढ्यो।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते