धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३०.५२ अंकले बढेर २५४५.२० विन्दुमा बन्द भएको छ। यस दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम घटेको छ। यस दिन चार अर्ब ४८ करोड ३५ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ।
बिज्ञापन
आइतबार ६ अर्ब ३२ करोड रुपैयाँको शेयर खरिद–बिक्री भएको थियो। आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ८३ करोड रुपैयाँले घटेको हो।
बिज्ञापन
आज २१० कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। ३३ कम्पनीको शेयर मूल्य घटेको छ। गार्डेन माइक्रो इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९.२९ प्रतिशतले वृद्धि भएर दुई हजार २६१ रुपैयाँ कायम भएको छ। आज पोखरा फाइनान्सको शेयर मूल्य ७.४७ प्रतिशतले वृद्धि भएको छ।
आज अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य ४.९२ प्रतिशतले घटेर ८०० रुपैयाँ कायम भएको छ। नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ४.०५ प्रतिशतले घटेर एक हजार ९१५ रुपैयाँ कायम भएको छ।
बिज्ञापन
आज कारोबारमा आएका १३ वटै समूगत परिसूचक बढेको छ। सर्वाधिक परिसूचक वृद्धि फाइनान्स समूहको भएको छ। यो समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ।








