कुमारी बैंक लिमिटेडले २ लाख ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले विद्यमान संस्थापक बाहेक आम सर्वसाधारणका लागि प्राथमिकतामा राखेर यी शेयर बिक्रीमा ल्याएको हो।
बिज्ञापन
यस अघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको थियो। संस्थापकको तर्फबाट कुनै आवेदन नपरेपछि बैंकले आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो। यस्तै, बैंकले विद्यमान संस्थापकका लागि २ लाख कित्ता शेयर आज मंगलबार देखि नै बिक्रीमा राखेको पनि जनाएको छ। उक्त शेयरमा भने विद्यमान संस्थापकले मात्रै आवेदन दिन पाउने जनाइएको छ । आवेदन आजको मितिबाट ३५ दिनभित्र दिनुपर्ने छ।
बिज्ञापन
यी शेयर खरीद गर्न इच्छुक खरीदकर्ताहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन्।








