होमपेज > निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडबीच सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडबीच सम्झौता

बिज्ञापन
बिज्ञापन

आज मिति २०८१ साल फागुन २८ गते बुधबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोष र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेड, काठमाडौँबीच साना तथा मझौला उद्यम अन्तर्गत यातायात सेवा सम्बन्धी व्यवसाय र कृषि कर्जा कार्यक्रम अन्तर्गत कृषि औजार, यन्त्रमा प्रदान गरेको कर्जा  सुरक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ।

बिज्ञापन

सम्झौता पत्रमा कोषको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडको तर्फबाट महाप्रबन्धक अरुण राज उपाध्यायले हस्ताक्षर गर्नु भएको थियो। उक्त हस्ताक्षर कार्यक्रममा कोषको कर्जा सुरक्षण विभागको विभागीय प्रमुख प्रबन्धक मन्दिरा थपलिया लगायतका पदाधिकारी र अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडको कर्जा तथा असूली विभागको विभागीय प्रमुख प्रबन्धक विराट काजी राउतको उपस्थिति रहेको थियो।

बिज्ञापन

यस सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडले स्वरोजगार तथा व्यवसाय प्रवद्धनका लागि यातायात खरिदमा प्रवाह गरेको अधिकतम तीन करोड साथै व्यवसायिक कृषि प्रवद्धनका लागि कृषि औजार तथा उपकरण खरिदमा प्रदान गरेको अधिकतम तीन करोड सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। कोषमा सुरक्षित कर्जा विभिन्न कारणले असूल हुन नसकेमा अग्नी हायर पर्चेज प्राइभेट लिमिटेडले कोष समक्ष दाबी गर्ने र उक्त दाबीमा कोषले अधिकतम असी प्रतिशतसम्म भुक्तानी दिनेछ।

यस सम्झौता भएसँगै कोषले आफ्नो व्यवसाय विस्तारलाई नयाँ सिराबाट अगाडी बढाएको छ। यसले हायर पर्चेज कम्पनी लिमिटेड समेत अन्य बैंक तथा वित्तीय संस्थाहरु जस्तै व्यवसाय विस्तारमा उत्प्रेरित हुने साथै कृषि तथा यातायात क्षेत्रमा स्वरोजगार तथा व्यवसाय विकास गर्न चाहने युवा उद्यमीले सहज रुपमा कर्जा प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

यस सम्झौताबाट कर्जा सुरक्षण नियमावली, २०७५ ले गरेको छुट्टै शीर्षक वा उपशीर्षक अन्तरगतको कर्जा सुरक्षण गर्नसक्ने व्यवस्था कार्यान्वयनमा आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते