होमपेज > सप्तकोशीसहित ५ वटा विकास बैंक घाटामा, धेरै नाफा आर्जन गर्ने पहिलो नम्बरमा गरिमा

सप्तकोशीसहित ५ वटा विकास बैंक घाटामा, धेरै नाफा आर्जन गर्ने पहिलो नम्बरमा गरिमा

बिज्ञापन
बिज्ञापन

चालु आर्थिक वर्षको माघ महिनासम्ममा १२ वटा विकास बैंकले खुद नाफा आर्जन गर्दा ५ वटाले घाटा व्योहोरेका छन्। नाफा आर्जन गरेका १२ वटा विकास बैंकमध्ये पनि १० वटाको नाफा वृद्धि भएको छ भने २ वटाको नाफा घटेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ।

बिज्ञापन

माघ मसान्तसम्म धेरै नाफा आर्जन गर्ने विकास बैंकको सूचीको पहिलो नम्बरमा गरिमा विकास बैंक रहेको छ भने धेरै नाफा वृद्धि गर्नेमा सिन्धु विकास बैंक अगाडि छ। पछिल्लो ७ महिनामा गरिमाले ६८ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा २२.४३ प्रतिशत बढी हो।

बिज्ञापन

सिन्धु विकास बैंकले १८८.५२ प्रतिशतले नाफा वृद्धि गरेको छ। गत वर्षको माघ मसान्तसम्म १ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको सिन्धुले चालु आवको सोही अवधिमा ४ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। यो अवधिमा कर्पोरेट डेभलपमेन्ट बैंकको नाफा ८८.८९ प्रतिशतले घटेको छ। गत आवको ७ महिनामा १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा २० लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ।

यो अवधिमा घाटा व्योहोर्नेहरुमा सालपा डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, एक्सल डेभलपमेन्ट बैंक र कर्णाली विकास बैंक रहेका छन्। जसमध्ये गत आवको माघ मसान्तसम्म कर्णालीको खुद नाफा ४ करोड ६४ लाख रुपैयाँ थियो। चालु आवको माघ मसान्तसम्म सो बैंक ७२ करोड १३ लाख रुपैयाँले घाटामा रहेको छ।

बिज्ञापन

सालपा र सप्तकोशीको घाटा घटेको छ भने नारायणीको घाटा झन बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ।

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते