होमपेज > डिजिटल प्रविधि अनुरूप बैंकहरूले आफूलाई ढाल्न नसके लोप भएर जानेछन्

डिजिटल प्रविधि अनुरूप बैंकहरूले आफूलाई ढाल्न नसके लोप भएर जानेछन्

बिज्ञापन
बिज्ञापन

बदलिँदो विश्वमा आफूलाई अद्यावधिक गर्दै नगए बैंकहरू ‘कोडाक’ जस्तै लोप हुने विज्ञहरूले बताएका छन्।

बिज्ञापन

काठमाडौं फिन्टेक र ट्याब ग्लोबलले ललितपुरमा आयोजना गरेको डिजिटल बैंकिङमा नेतृत्व सम्बन्धी एक कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। कार्यक्रममा सिंगापुरमा प्रधान कार्यालय भएको ‘द एसियन बैंकर (ट्याब ग्लोबल) का संस्थापक इम्यानुअल ड्यानियलले दिनदिनै विकास भइरहेको डिजिटल प्रविधि अनुरूप बैंकहरूले आफूलाई ढाल्न नसके उनीहरू लोप भएर जाने बताए।

बिज्ञापन

‘सन् १९७५ मै फिल्म कम्पनी कोडाकका इन्जिनियरले पहिलो पटक डिजिटल क्यामरा आविष्कार गरेका थिए, तर फिल्म फोटोमा विश्वको सबैभन्दा ठूलो कम्पनी उसले भविष्यमा डिजिटल प्रविधि विकास यसरी होला भनेर अनुमान नै गर्न सकेन,’ उनले भने, ‘तर, डिजिटल क्यामरा र फोनको क्यामराका कारण बहुराष्ट्रिय कम्पनी दिवालिया भयो।’ अहिले बैंकिङमा टोकनाइज्ड सम्पत्तिको कारोबार भइरहेको छ, क्रिप्टो लगायत प्रविधि तीव्र विकास भइरहेको छ। यस्तो अवस्थामा ९ देखि ५ बजेसम्म बैंकको कार्यालय खोलेर मात्रै व्यापार गरिरहे भने बैंकहरू लोप हुने उनको विश्लेषण छ।

‘अब दुई व्यक्तिबीचको कारोबारका लागि बैंक नै नचाहिने भइसक्यो, कारोबार लागत शून्य बराबर छ । तर, बैंकहरू डिजिटलाइज्ड हुन सकिरहेका छैनन्, कम्प्युटराइज्ड हुँदैछन्, त्यसैलाई डिजिटल भनिरहेका छन्, यो तरिकाले उनीहरूको अस्तित्व खतरामा छ,’ नेपालका बैंकरहरूले भाग लिएको कार्यक्रममा उनले भने।

बिज्ञापन

बैंकको भविष्य भनेको वित्तीय समावेशिता, डिजिटल प्लेटफर्म, व्यक्तिकरण र डिजिटल सम्पत्तिमा रहने उनले बताए। ‘नेपालका बैंकहरू अझै पनि श्रमप्रधान रहेको देखिन्छ, उनीहरूले आफूलाई तत्कालै डिजिटलाइज गर्न आवश्यक छ,’ उनले भने। भारतको बैंक अफ बडौदाका पूर्वअध्यक्ष तथा प्रबन्ध निर्देशक अनिल खण्डेलवालले बैंकिङ सेवा सर्वसाधारण जनताले सजिलो किसिमले बुझ्ने हुनुपर्ने बताए।

‘बैंकहरूले प्रविधिमा ध्यानकेन्द्रित गर्न आवश्यक छ, तर उनीहरूले के बिर्सन हुँदैन भने बैंकिङ भनेको सामाजिक–प्राविधिक संस्था हो,’ उनले भने। बैंकिङ क्षेत्रको नेतृत्वका लागि निरन्तरको सिकाइ नै प्रमुख पोषकतत्व रहेको उनले बताए।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते