होमपेज > इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई दियो एक सय ८० रनको लक्ष्य

इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई दियो एक सय ८० रनको लक्ष्य

बिज्ञापन
बिज्ञापन

आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा समूह ‘बी’ को अन्तिम खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई एक सय ८० रनको लक्ष्य दिएको छ । कराचीको नेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्ड एक सय ७९ रनमा अलआउट भयो ।

बिज्ञापन

इंग्ल्याण्डका लागि जोय रुटले सबैभन्दा धेरै ३७ रन बनाए । यस्तै जोफ्रा आर्चरले २५, बेन डकेटले २४ र कप्तान जोस बटलरले २१ रन बनाए । दक्षिण अफ्रिकाका मार्को जेन्सेनले तीन विकेट लिए । यस्तै वायन मल्डर र केशव महाराजले समान दुई विकेट तथा लुङ्गी न्गिडी र कागिसो रबाडाले समान एक विकेट लिए । दक्षिण अफ्रिकाले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ ।

बिज्ञापन

यो खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । दक्षिण अफ्रिका दुई खेलमा तीन अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । दुई वटै खेल हारेको इङ्गल्यान्ड अङ्कविहीन हुँदै पुछारमा छ । यो समूहबाट अस्ट्रेलिया तीन खेलमा चार अङ्कसहित सेमिफाइनलमा पुगिसकेको छ । अफगानिस्तान तीन खेलमा तीन अङ्कसहित तेस्रो स्थानमा छ । आजको खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि निकै ठूलो अन्तरको जीत निकाले मात्र अफगानिस्तान अन्तिम चारमा पुग्ने सम्भावना रहन्छ । दक्षिण अफ्रिका नेट रन रेटका आधारमा अफगानिस्तानभन्दा निकै अघि छ ।

गएराति अफगानिस्तानसँगको खेल वर्षाका कारण रद्द भएसँगै एक अङ्क बाँड्दै अस्ट्रेलिया अन्तिम चार मा पुगेको हो । यस्तै समूह ‘ए’ बाट न्युजिल्यान्ड र भारत सेमिफाइनलमा पुग्दा आयोजक पाकिस्तान र बङ्गलादेश समूह चरणबाटै बाहिरिइसकेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते