ब्यास नगरपालिका-४ सिमलटारमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन्। ४१ वर्षीय कृष्ण बहादुर क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा कृष्ण बहादुर समेत ८ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई ३६ हजार ३ सय १० नेपाली रुपैयाँ, २ हजार २ सय ५० भारतीय रुपैयाँ र २ सय १३ पत्ती ताससहित पक्राउ गरेको हो।
बिज्ञापन
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।








