नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा तोलामा ३ सय रुपैयाँ बढेको छ। तोलामा १ लाख ७० हजार रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आइतबार बढेर तोलामा १ लाख ७० हजार ३ सय रुपैयाँ कायम भएको हो।
बिज्ञापन
यस्तै चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको थियो।








