धनुषामा सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन्।
बिज्ञापन
जनकनन्दनी गाउँपालिका-५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको हत्या गरेको आरोपमा ३५ वर्षीया रक्षाकुमारी मण्डल पक्राउ परेकी हुन्।
बिज्ञापन
घरायसी विवादका क्रममा कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले रक्षालाई मंगलबार राति पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।








