नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अुनसार यो साता सुन–चाँदीको मूल्य घटबढ भइरहेको देखिन्छ। यो साता छापावाल सुन प्रतितोला पाँच हजार तिन सय रूपैयाँ बढेको छ।
बिज्ञापन
आइतबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार सुनको मूल्य स्थिर रहेर एक लाख ६२ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो। मंगलबार आउँदा सुन प्रतितोला १ हजार ९०० रूपैयाँ बढेर प्रतितोला १ लाख ६४ हजार ७०० रूपैयाँ पुग्यो।
बिज्ञापन
बुधबार मंगलबारको तुलनामा प्रतितोला २ हजार २०० सय रूपैयाँ बढेर १ लाख ६६ हजार ९०० सय रूपैयाँमा कारोबार भयो। बिहीबार ६ सय रुपैयाँले बढेर लाख ६८ हजार ५ सय रूपैयाँमा कारोबार भयो। निरन्तर उकालो लागेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने सुन प्रतितोला ४ सय रुपैयाँले घटेर एक लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, चाँदी पनि यो साता प्रतितोला ७५ रूपैयाँले बढेको महासंघको तथ्यांकले देखाएको छ।








