होमपेज > ७५३ वटै पालिकामा उपलब्ध गराउने ९८ प्रकारका औषधी प्रभावकारी बन्न सकेन: मन्त्री पौडेल

७५३ वटै पालिकामा उपलब्ध गराउने ९८ प्रकारका औषधी प्रभावकारी बन्न सकेन: मन्त्री पौडेल

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले ७५३ वटै पालिकामा उपलब्ध गराउने भनेको ९८ प्रकारका औषधी प्रभावकारी बन्न नसकेको स्वीकार गरेका छन्।

बिज्ञापन

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले ९८ प्रकारका औषधी प्रभावकारी भएन भनेर सबैतिरबाट गुनासो आएकाले सच्चाउन जरुरी रहेको बताएका हुन्।  साथै उनले स्तन क्यान्सर मेमोग्राम स्टल राख्ने विषय प्रक्रियामै रहेको भन्दै बजेटको सीमितता र तीन तहका सरकार भएकाले डुव्लिकेशन हुन् नदिन सरकार सचेत रहेको बताए।

बिज्ञापन

प्रादेशिक अस्पतालको क्षमता अभिवृद्धि, गर्न सङ्घ र प्रतिष्ठानका अस्पतालहरूसँग जोड्ने तथा तालिमप्राप्त चिकित्सकको सरकारले व्यवस्था गर्ने मन्त्री पौडेलको भनाइ छ। उनले बिमा सूची औषधी उपलब्ध नभएको सत्य भएको भन्दै त्यसलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए। उनले राज्यले नियमित दिने बजेटले नपुग्ने भन्दै कोष सुरक्षित गर्नेतर्फ सरकारले सोचेको बताए।

उनले स्वास्थ्य मन्त्रालयले घोषणा गरेका कार्यक्रमहरूको श्रोत सुनिश्चित भइसकेको भन्दै जलन उपचार, क्यान्सर हेमोफेलिया,लगायतका उपचारको निःशुल्क व्यवस्था गरेको भन्दै रेजिडेन्ट डाक्टरहरूको आन्दोलनका बारेमा परीक्षा अवरुद्ध हुन नदिन चिकित्सा शिक्षा आयोगलाई अस्थायी समाधान सुझाएको र त्यसबारे अहिले पनि छलफल भइरहेको बताए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते