साताको अन्तिम कारोबार दिन शेयर बजार २७ सयमुनि झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ११.६४ अंक घटेको छ। सो कमीपछि नेप्से २६९९ अंकमा कायम भएको छ।
बिज्ञापन
दिनभरको कारोबारमा १२ : ०५ बजे नेप्से परिसूचक २७२० अंकसम्म पुगे पनि टिक्न सकेन। बजार घट्दा कारोबार रकम बढेको छ। अघिल्लो दिन ८ अर्ब ९५ करोडको कारोबार भएकोमा आज ९ अर्ब २४ करोडको भयो। ७४ कम्पनीको मूल्य बढ्दा १६० को घट्यो भने ९ को स्थिर रह्यो ।
बिज्ञापन
फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन्। फाइनान्स १.५८ प्रतिशत बढ्यो। विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घट्यो। बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशत घटे।
अपरलोहोरेखोलाको मूल्य १० प्रतिशत बढ्यो। सेन्ट्रल फाइनान्सको ६.५१, सुपरमादी हाइड्रोपावरको ५.७१, मल्टिपर्पस फाइनान्सको ४.९६ तथा नेपाल फाइनान्सको ४.१६ प्रतिशत मूल्य बढ्यो। उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशत घट्यो। भूगोल इनर्जीको ७.८९, रावा इनर्जीको ४.७ प्रतिशत मूल्य घट्यो।
बिज्ञापन
कारोबार रकमका आधारमा साहस ऊर्जा, नेपाल पुनर्बीमा कम्पनी, बरुण हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र युनाइटेड मोदी हाइड्रोपावर क्रमशः अगाडि रहे।








