होमपेज > आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरू

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरू

बिज्ञापन
बिज्ञापन

२४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। सहारा क्लब पोखराको आयोजनामा हुँदै आइरहेको गोल्डकप पोखरा रंगशालामा हुनेछ। यस्तै, क्लबले यस वर्षको उत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान सनिष श्रेष्ठलाई प्रदान गर्नेभएको छ।

बिज्ञापन

प्रतिभा छनोट समितिको बैठकले श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। सनिषलाई ५० हजार ५ सय ५५ रुपियाँ र सम्मानपत्र प्रदान गरिनेछ। उक्त पुरस्कारवापतको रकम क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गर्दै आएका छन्। नेपाली फुटबल क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै क्लबले वर्षेनी एक जना राष्ट्रिय स्तरको फुटबल खेलाडीलाई सम्मान गर्दै आइरहेको छ।

बिज्ञापन

यसअघि भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल, अञ्जन विष्ट, अनन्त तामाङ र आयुष घलान सम्मानित भइसकेका छन्। सनिष तनहुँ पुर्कोटका हुन्। आज हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विदेशी टिमसहित कुल १२ को सहभागिता रहनेछ। प्रतियोगिताबाट कुल एक करोड ५१ लाख आम्दानी र एक करोड ४२ लाख २० हजार खर्च हुने अनुमान गरिएको छ। आठ लाख ८० हजार बचत गर्ने क्लबको उद्देश्य रहेको छ।

प्रतियोगितामा हरेक दिन टिकट काटेर आउने दर्शकमध्ये एकले भाग्यशाली पुरस्कार पाँच हजार र हरेक दिन फ्यान अफ दी म्याच दुई हजार पाँच सय रुपियाँ प्राप्त गर्नेछन। खेल अवधिभर टिकट काटेर आउनेमध्ये एक जना दर्शकलाई गोला प्रथाद्वारा एलजीको स्मार्ट टिभी प्रदान गरिने क्लबका अध्यक्ष केशवराज बरालले बताए।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते