होमपेज > ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

बिज्ञापन
बिज्ञापन

बुटवलको चौराहमा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

बिज्ञापन

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८६ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु ९४ प ८५९४ को स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार राजमार्ग चौराह चोकमा भएको उक्त दुर्घटनामा परी बुटवल १० कालिकानगरका ७० वर्षीय धनबहादुर पुनको मृत्यु भएको हो। दिउँसो चारबजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका पुनको तत्काल उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

ठक्कर दिएर घटनास्थलबाट भागेका चालक नवलपरासीका पूर्णबहादुर गुरौलाई तिलोत्तमा नगरपालिका ड्राइभरटोलबाट नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। उनलाई प्रहरीले ट्रकसहित नियन्त्रणमा लिएको थियो। घटनाबारे अनुसन्धान सुरू भएको प्रहरीले बताएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते