इजरायल–प्यालेस्टाइनबीच युद्धविराम भएपछि, गाजामा युद्धका क्रममा विस्थापित भएका हजारौँ सर्वसाधारण बिस्तारै आ–आफ्नो घर फर्किँदै छन्।
बिज्ञापन

बिज्ञापन
अधिकांश सर्वसाधारणको घर भग्नावशेषमा परिणत भई सकेको छ। बाँकी छ त केवल घर भएको आभास। ७ अक्टोबर २०२३ मा हमास र इजरायलबिच सुरु भएको युद्धमा गाजाका १९ लाख मानिस विस्थापनमा परेका थिए। अधिकांश विस्थापित सर्वसाधारणहरू राहत शिविरमा र अस्थायी शरणार्थी शिविरमा बस्नु परेको थियो। युद्धविरामसँगै ती सर्वसाधारणहरू क्याम्पदेखि आफ्नो घरतर्फ फर्की रहेका छन्।

बिज्ञापन
युद्धविरामपछि सार्वजनिक भई रहेका तस्बिरहरूमा गाजाका विभिन्न ठाउँका मानिस आ–आफ्नो थातथलो फर्किरहेको देखिन्छ। तर, त्यो थातथलो जसलाई उनीहरूले घर भन्थे पूर्ण रूपमा भग्नावशेषमा परिणत भई सकेको छ। तर, पनि मानिसहरू आफ्नो घर फर्कन पाएकोमा हर्षित छन्। कसैले खच्चडमा आफ्नो सामान लैजाँदै छन् त कसैले आफ्नो समान आफै बोकेर जाँदै छन्।









