होमपेज > नेपाल शिक्षक महासंघले गर्‍यो आन्दोलनको घोषणा

नेपाल शिक्षक महासंघले गर्‍यो आन्दोलनको घोषणा

बिज्ञापन
बिज्ञापन

नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ। माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपछि आन्दोलनको घोषणा गरेको हो।

बिज्ञापन

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको छ। यस क्रममा, माघ २० गते सबै शिक्षक र कर्मचारीहरूले फेसबुकमा आयतकार रातो स्टिकर प्रयोग गर्दै ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने सन्देश लेख्नेछन्।

बिज्ञापन

त्यस्तै, माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण र जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ, जसमा कम्तीमा १५ जनाको प्रतिनिधिमण्डलको सहभागिता रहनेछ। माघ २५ मा नै स्थानीय स्तरमा आन्दोलन परिचालन समितिको गठन पनि हुनेछ।

अर्को कार्यक्रम माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ, जसमा शिक्षक र कर्मचारीका मागहरू र आन्दोलनको आवश्यकता’दयगत जानकारी गराइनेछ।

बिज्ञापन

यसैगरी, माघ ३० गते बुधबार दिउँसो पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा सहित कालो पट्टी बाँधेर खबरदारी जुलुस प्रदर्शन गरिनेछ।

फागुन २ गते, देशका ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण र जानकारी पत्र बुझाइनेछ। त्यसपछि, फागुन ११ गते, जिल्ला आन्दोलन परिचालन समितिले सबै निर्वाचित संघीय सांसदहरूलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ।

प्रदेश स्तरको कार्यक्रम अन्तर्गत, फागुन ७ गते प्रदेश स्तरीय आन्दोलन परिचालन समितिको गठन गरिनेछ, र फागुन ९ गते देशका ७ वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसमक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आगामी आन्दोलनका कार्यक्रमहरूलाई सफल बनाउन सबै शिक्षक र कर्मचारीलाई एकजुट भएर सक्रिय भाग लिने अपील गरेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते