गुल्मीमा ट्याक्टरको ठक्करबाट एक बालक घाइते भएका छन्।
बिज्ञापन
रेसुङ्गा नगरपालिका-८ स्थित बसपार्कमा लु३ख ७७८५ नम्बरको ट्याक्टरको ठक्करबाट धुर्कोट गाउँपालिका-४ का ४ वर्षीय बालक आदित्य मुखिया घाइते भएका हुन्। गुल्मी प्रहरीका अनुसार घाइते बालकको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।
बिज्ञापन
हात, खुट्टा र गालामा चोट लागेका बालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








