काठमाडौँको कालीमाटीमा एक युवकले मध्यरातमा सडक छेउमा शव फाेलेका छन्।
बिज्ञापन
उक्त दृश्य सिसी टिभीमा देखिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती व्यक्तिको खोजी र घटनाको विवरण सङ्कलनमा खटिएको छोटो समयमै शव बोकेर हिँड्ने युवालाई पक्राउ गर्न सफल भएको छ।
बिज्ञापन
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले उक्त घटनामा संलग्न व्यक्ति बझाङका २२ वर्षीय कविन्द्र मल्ल रहेका र उनलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए। उनका अनुसार आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा उनीमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरिएको छ।
महिलाको शव परीक्षणका लागि पठाइएको र त्यसको ‘रिपोर्ट’ आउन बाँकी रहेकाले घटनाको कारण खुल्न सकेको छैन। प्रहरीका अनुसार महिलामाथि बलात्कार भएको आशङ्का गरिएको छ।
बिज्ञापन








