गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
कम्पनीले संस्थापक शेयरधनी दिपेन्द्र अग्रवालको नाममा रहेको कुल ४८ हजार ७७३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो। यो शेयर जोकोही व्यक्ति वा कम्पनीले किन्न पाउनेछन्। फाइनान्सले यसअघि नै संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याइसकेको छ।
बिज्ञापन
इच्छुक खरिदकर्ताले आवश्यक कागजात सहित १५ दिनभित्र कम्पनीको प्रधान कार्यालय डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ।








