बाँकेमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन्।
बिज्ञापन
बुधबार जिल्लाको कोहलपुर नगरपालिका– ११ चौराहबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ८ सय ७० मिलिग्राम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।
बिज्ञापन
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–२ मुक्ती नगर बस्ने २४ वर्षीय नवराज कनउ मगर र २२ वर्षीय निरज रायमाझी रहेका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।








