प्रहरीले नक्कली पेस्तोल देखाइ सर्वसाधारणलाई त्रसित बनाइ ठगी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
बिज्ञापन
पक्राउ पर्नेमा भारतको मोतिहारी ग्राम पञ्चायत खरोही–४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेका छन्। उनले नक्कली चाईनिज पेस्तोल (खेलौना) देखाइ सीमा क्षेत्रमा हिँडडुल गर्ने सर्वसाधारणहरुलाई डर त्रास देखाउने गरेका थिए।
बिज्ञापन
उनले निरन्तर डर त्रास देखाउने गरेको सूचनापछि रौतहटको मठिया महुलिया प्रहरी चौकीबाट खटिएइको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका इन्सपेक्टर रामकुमार महतोले जनाकारी दिए।
उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर महतोले बताए।








